“रोनाल्डोले सानो टिमबाट खेलेर पनि ह्याट्रिक गर्न सक्छन”

पूर्व म्यानचेस्टर युनाइटेड कोच सर एलेक्स फर्गुसनले रोनाल्डो र मेस्सी बिच हुने प्रतिस्पर्धाको ’bout २०१५मा बोलेका थिए र हाल उनको दाबी अहिले भाइरल हुँदै गएको छ। गत १५ वर्ष देखि फ्यानहरू बिच मेस्सी र रोनाल्डोको कुरामा विवाद हुने गरेको छ भने सर एलेक्स फर्गुसनले सो विवादमा आफ्नो तर्क राखेका थिए।

पूर्व स्नूकर विश्व च्याम्पियन जोन पारोटले २०१५मा मेस्सी वा रोनाल्डोमा एउटा छनोट गर्न उनलाई अनुरोध गर्दा उनले रोनाल्डो छनोट गरेका थिए भने रोनाल्डोले सानो टिमबाट खेलेर पनि ह्याट्रिक गर्न सक्ने तर मेस्सी बार्सा खेलाडी मात्र रहेको फर्गुसनले दाबी गरेका थिए।

“धेरै मानिसहरूले मेस्सीलाई एकदमै उत्कृष्ट भनेका छन् – र तपाईँ यो रायमा विवाद गर्न सक्नुहुन्न – तर रोनाल्डोले मिलवाल, क्विन्स पार्क रेंजर्स, डोनकास्टर रोभर्स … जस्तो कुनै पनि टिममा खेल्न सक्छन्, र खेलमा ह्याट्रिक गर्न सक्छन् तर मेस्सीले यस्तो गर्न सक्ने ’bout म पक्का छैन।

“रोनाल्डोले दुवै खुट्टाको राम्रो प्रयोग गर्छन्, उनी सँग गति छ उनी हेडमा उत्कृष्ट छन्, उनी बहादुर छन् – मेस्सी बहादुर, पक्कै पनि छन्। मलाई मेस्सी ‘बार्सिलोना खेलाडी’ हुन् जस्तो लाग्छ।”