“रोनाल्डोले सबै सम्भव स्थानबाट गोल गर्छन”

Juventus' Portuguese forward Cristiano Ronaldo looks on prior to the Italian Serie A football match lazio Rome vs Juventus Turin on December 7, 2019 at the Olympic stadium in Rome. (Photo by Filippo MONTEFORTE / AFP)

अष्ट्रियन टेनिस स्टार डोमिनिक थिमले रोनाल्डोको प्रशंसा गरेका छन् । यो वर्ष युएस ओपनमा पहिलो पटक ग्रान्ड स्ल्याम जितेका थिमले फुटबलमा आफुलाई रोनाल्डो मन पर्ने भनेर खुलाएका छन् ।

मेस्सी र रोनाल्डो दुवै फुटबलको महान खेलाडी रहेको उनको दाबी छ र उनको लागि रोनाल्डो मेस्सी भन्दा अलि माथि रहेको उनले बताए। हालै, एउटा अन्तर्वार्तामा, अष्ट्रियन स्टारले खेलकुदकामा आफुलाई मन पर्ने व्यक्तिको बारे बोले र उनले मेस्सी र रोनाल्डो बीच आफुलाई धेरै कुन मन पर्ने भन्ने प्रस्नको पनि उतर दिए।

उनले भने, “म दुबैलाई शीर्ष स्टारको रूपमा हेर्छु। मेरो लागि रोनाल्डो अलि अगाडि छन्, यो मेरो भावना हो। उनको स्कोरिंग क्षमता यस संसार भन्दा बाहिर छ, उनि हरेक सम्भव स्थानबाट स्कोर गर्न सक्छन।”

मेस्सीको बारेमा प्रस्न गर्दा उनले भने, “बिल्कुल अविश्वसनीय, एक जादुगर! तर उनि बार्सिलोनाका लागि खेल्चन! क्याटालानहरु सँग मेरो मन पर्ने क्लब चेल्सीको साथ ठूलो प्रतिस्पर्धा छ।