“रोनाल्डोले रियल म्याद्रिड छोड्दा म एकदम छक्क परेको थिए” – मेस्सी

लियोनेल मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई रियल म्याड्रिड छोडेर जादा आश्चर्यचकित भएको र रोनाल्डो बिना रियल कम्जोर भएको बताए ।

मेस्सी र रोनाल्डो एकअर्का संग लामो समय देखि ला लिगामा र ब्यक्तिगत अवार्डहरु मा पनि प्रतिस्पर्धा गर्दै आएका थिए र येस सिजन देखी एउटै लिगमा प्रतिस्पर्धा भने हामीले देख्न पाउने छैनौं ।

“जाहिर छ उनीहरु (मैड्रिड) संसारको सबैभन्दा उत्कृष्ट टोली हो, उनीहरू संग उत्कृष्ट खेलाडीहरु छन् तर क्रिस्टियानोको प्रस्थानले उनीहरूलाई कम बलियो बनाएको छ।” मेस्सीले भने।

“युभेन्टस एकदम राम्रो टिम हो र रोनाल्डोको उपस्थितले गर्दा ऊनीहरु ले च्याम्पियनस लिग जित्ने ठुलो सम्भावना छ । मलाई रोनाल्डोको निर्णय निकै नै आश्चर्य लाग्यो, मलाई लागेको थिएन कि उनी रियल छोडेर अरु कलब जान्छ, तर युभेन्ट्स एकदमै बलियो टिम हो ।