‘रोनाल्डोले रियल मड्रिड छोड्दा हामी सबै खुशी थियौँ’ – टोनी क्रुस

टोनी क्रुसले क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने निर्णय गर्दा सबै खुशी भएको बताएका छन् ।

जर्मनका खेलाडी क्रुसले स्पोर्ट्सविल्डसँग कुरा गर्दै रोनाल्डोले नयाँ अनुभव लिन खोजिरहेको कारण सबै खुशी भएको बताए ।

‘यदि कसैले क्रिस्टियानो रोनाल्डोलाई सम्झदैन भने अचम्मको कुरा हुन्छ । जसले अधिक प्रतियोगितामा गोल गरेका छन् ।’ मिडफिल्डर क्रुसले भने, ‘यद्यपि उनको सरुवाले सबैलाई खुशी बनाएको थियो । रोनाल्डो नयाँ अनुभव चाहन्थ्यो र रियल मड्रिडले धेरै पैसा कमाएको थियो ।’

रोनाल्डो गत सिजन रियलबाट युभेन्ट्स आएका थिए । रोनाल्डोले युभेन्ट्सबाट पहिलो सिजनमा नै इटालियन सिरी ‘ए’ को उपाधि जितेका थिए ।