रोनाल्डोले रचे इतिहास

एजेन्सी, क्रीस्टियानो रोनाल्डोले फ्रान्स र पोर्चुगलबिचको खेलमा दुई गोल गर्दै ईतिहास रचेका छन। समूह एफको अन्तिम खेलमा फ्रान्सबिरुद्ध दुई गर्न सफल भए पछि उन्ले पुर्व इरानि स्ट्राइकर अलि दाएइको रेकर्ड बराबरी गरेको छ।

युभेन्टस फरवार्डले १७८ खेलमा १०९ गोल गर्दै दाएइको रेकर्ड बराबरी गरेको हो। त्यस्तै, युरोपियन च्याम्पियनसिप फुटबलमा गोल गर्ने सर्वाधिक गोलकर्ता समेत बने। उनले युरोपियन प्रतियोगितामा १४ गोल गरेका छन।

उनले सर्वाधिक स्विडेन र लिथुएनियाविरुद्ध ७ गोल गरेका छन।

त्यस्तै, युरोपियन च्याम्पियनसिप र विश्व कपमा संयुक्त २० गोल गरेका छन। उनका चिरप्रतिद्वन्दी लिओनेल मेस्सीको अर्जेन्टिनाका लागि ७३ अन्तर्राष्ट्रिय गोल छ।