रोनाल्डोले युभेन्टस छोड्ने चर्चा

यो वर्ष युभेन्टस सिरी ए जित्न असफल भएको छ भने १ खेल मात्र बाँकी हुन हाल युभेन्टस ७५ अङ्कको साथ लिगको पाँचौँ स्थानमा रहेको छ। १० वर्षमा पहिलो पटक लिग जित्न असफल भए पछि युभेन्टस हाल धेरै दबाबमा रहेको छ। लिगमा हाल युभेन्टस पाँचौँ स्थानमा रहेको छ र अर्को सिजन च्याम्पियन्स लिग खेल्न युभेन्टसलाई लिगमा शीर्ष ४ भित्र पर्न जरुरी छ र अब लिगमा युभेन्टस सँग मात्र १ खेल खेल्न बाँकी रहेको छ।

हाल युभेको खराब फमको कारण क्लबका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले क्लब छोड्न सक्ने खबर आउँदै गर्दा रोनाल्डोले आफ्नो कारहरू ट्युरिनको घरबाट निकाल्ने निर्णय गरेका छन्। मध्यरातमा रोनाल्डोले आफ्नो महँगो गाडीहरूलाई घरबाट ट्रकमा लोड गरेर लागेको फोटो हाल भाइरल हुँदै छ र उनले क्लब छोड्ने हल्ला झन् बढेको छ।

२०१८मा उनी युभेन्टस आउने क्रममा पनि ट्रकमा आफ्नो गाडी उनले इटालीमा ट्रान्सफर गरेका थिए। र हाल उनले फेरी आफ्नो गाडीहरू ट्रान्सफर गर्न लागेको फोटोहरू भाइरल हुँदा उनले क्लब छोड्ने चर्चा हुँदै गरेको छ। उनले आफ्नो गाडीहरू कता लागेको भन्ने कुरा भने खुलेको छैन।

युभेन्टस च्याम्पियन्स लिग खेल्न असफल रहे रोनाल्डोले क्लब छोड्ने छन् र उनी पिएसजी वा म्यानचेस्टर युनाइटेड जान सक्ने हाल धेरै चर्चा हुँदै छ।

च्याम्पियन्स लिग र रोनाल्डोलाई गुमाउनु युभेन्टसको लागि ठुलो घाटा हुने छ। च्याम्पियन्स लिग कुनै पनि क्लबको आर्थिक अवस्थाको लागि निकै महत्त्वपूर्ण रहेको छ भने रोनाल्डोको प्रस्थानले पनि क्लबलाई ठुलो असर गर्ने छ।