‘रोनाल्डोले म्यानचेस्टर युनाइटेड छोड्न सक्ने’

यही सिजन मात्र म्यानचेस्टर युनाइटेडमा फर्केका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले यो सिजन पछि क्लब छोड्न सक्ने चर्चा रहेको छ। युभेन्टसबाट यो सिजन युनाइटेडमा आएका रोनाल्डोले क्लबको लागि १४ गोल गरे पनि हाल युनाइटेड लिगको सातौँ स्थानमा रहेको छ।

हाल युनाइटेडका खेलाडीहरू नयाँको रुपमा आएका राल्फ रङ्गनिक सँग खुसी नरहेको चर्चा हुँदै गर्दा अर्को सिजन युनाइटेडले राम्रो कोच नभित्राए रोनाल्डोले क्लब छोड्न सक्ने खबर रहेको छ।

पोर्चुगिज सुपरस्टारले युभेन्टस छोडे पछि युनाइटेडमा फर्किने निर्णय लिए तर युनाइटेडको फम भने राम्रो हुन सकेको छैन र युनाइटेड आफ्नो कोच ओलेलाई बर्खास्त गर्दै राल्फ रङ्गनिकलाई अन्तरिम म्यानेजरको रुपमा साइन गरेको थियो।

हाल खबर अनुसार क्रिस्टियानो रोनाल्डोसिजनको अन्त्यमा म्यानचेस्टर युनाइटेड छोड्ने सोचमा छन् । उसको निर्णय क्लबको नयाँ कोच नियुक्तिको सहमतिमा भर पर्ने छ।