‘रोनाल्डोले मलाई युभेन्ट्समा उनी संग खेल्न आउ भने’ – डि लिइट

क्रिस्टियानो रोनाल्डोले माथिस डि लिइटलाई युइएफए नेसन्स लिगको फाइनल खेलमा आम्नेसाम्ने भएपछि उनि संग युभेन्ट्समा खेल्न बोलाएको हो ।

डि लिइट पराजित भएको टोलिमा थियो भने रोनाल्डोको टोलि पोर्टुगल १-० को जित सहित पहिलो युइएफए नेसन्स लिगको उपाधी जित्न सफल भयो । तर, आयाक्सका युवा डिफेन्डर खेल सकिए पछि रोनाल्डो संग हासि रहेको देखिएको थियो ।

“रोनाल्डोले मलाई युभेन्ट्स जान आग्रह गरे,” डि लिइटले खेल सकिए पछि बताए ।

“म उनको अनुरोधबाट छक्क परेँ, त्यसैले म हासेको थिए ।

“मैले उनले भनेको पहिले बुझेको थिएन ।”

डि लिइटको ट्रान्सर्फर मार्केटमा धेरै क्लबहरु पछि लागेको छ बिशेष गरि बार्सिलोना, तर उनले अहिले केही समय विश्राम लिने बताए ।

“म केही समय विश्राम लिदै छु,” उनले भने ।

“म मेरो लागि के राम्रो हुनेछ सोच्छु त्यसपछि मात्र निर्णय लिने छु ।