“रोनाल्डोले भन्दा मेस्सीले बढी बलोन डी’ओर जितेकोमा म चिन्तित छु”

युभेन्टसका कोच माउरिजियो सार्री क्रिस्टियानो रोनाल्डोलाई आफ्नो बलोन डी ओ’रको मुकुट फिर्ता लिन मद्दत गर्न चाहन्छन्।

बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले डिसेम्बरमा उनको छैटौं बलोन डी ओ’र जितेका थिए जुन,पोर्तुगलका सुपरस्टार र मेस्सीका मुख्य प्रतिस्पर्धी भन्दा बढी हो।

माउरिजियो सार्रीले बताए, “म क्रिस्टियानोलाई छैठौं पटक विश्वको सर्वश्रेष्ठ खेलाडी बन्न मद्दत गर्न चाहन्छु।

“रोनाल्डोले भन्दा अरु कोहिले बढी बलोन डी’ओर जितेको देख्दा म चिन्तित हुन्छु।

सार्रीले यो पनि बताए, उनि विश्वास गर्छन कि पाउलो डिबालाले पनि भविष्यमा उक्त उपलब्धि जित्न सक्षम छन्।

उनले थपे: “पाउलो पनि यस लक्ष्यका लागि लड्न सक्षम छन्र मलाई लाग्छ कि उनले विश्व फुटबलमा आफ्नो छाप छोड्नेछन।”