“रोनाल्डोले बुझ्यो यो लिग, ला लिगा जस्तो सजिलो छैन भनेर” – इटालियन प्रेस

गत साता चिभो भेरोनाविरुद्ध खेलिएको सिरि ए भिडन्तमा युभेन्ट्सका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले डेब्यु गरे तापनि खेलमा गोल गर्न भने सकेनन् । रोचक कुरा त रोनाल्डोको डेब्यु म्याचलाई १५० भन्दा बढी देशहरुले प्रत्यक्ष प्रसारण गरेको थियो । उनको यो रोयल डेब्युले इटालियन मिडियाहरुमा निकै स्थान समेत पाईरहेको छ ।

इटालियन मिडियाहरुले रोनाल्डोलाई बढी स्थान दिनुका साथै उनीहरुका अनुसार रोनाल्डोले इटालीमा युभेन्ट्सको खेल्ने शैलीलाई थप राम्रोसँग बुझ्न आवश्यक रहेको बताएका छन् ।

कोर्रिएरे डेल्लो स्पोर्टले रोनाल्डोलाई आफ्नो हेडलाईनमा स्थान दिएको छैन तर लेखेको छ, “त्यो स्थितिसम्म खेल क्रिष्टियानो रोनाल्डोको फिगरको प्रभावका कारण डोमिनेट गरिरहेको थियो ।”

रोनाल्डोको इटाली स्थानान्तरणले उनका समर्थकहरु उनलाई मैदानमा एक्शनमा देख्न निकै उत्साहित थिए, तर रोनाल्डोको गोलविहीन डेब्युले उनीहरु केही निराश भएको बताईन्छ । उता रोनाल्डोलाई पनि यो कुरा थाहा भयो होला ‘सिरि ए, ला लिगा होईन ।’