रोनाल्डोले बार्सिलोनाबिरुद्धको खेल गुमाउने निश्चित

TURIN, ITALY - FEBRUARY 02: Cristiano Ronaldo of Juventus looks on during the Serie A match between Juventus and Parma Calcio at Allianz Stadium on February 02, 2019 in Turin, Italy. (Photo by Tullio M. Puglia/Getty Images)

रोनाल्डोले बार्सिलोनाबिरुद्धको च्याम्पियन्स लिग खेल गुमाउने निश्चित भएको छ।

पोर्चुगिज फरवार्ड रोनाल्डोको दोस्रो रिपोर्ट पोजेटिभ आएको थियो तर बुधवार बार्सिलोना बिरूद्ध युभेन्टसको ब्लकबस्टर खेल अगाडि आफ्नो फिटनेस प्रमाणित गर्न थप परीक्षणमा उनि समिल थिए तर उनको तेस्रो रिपोर्ट पनि पोजेटिभ भएको खबर छ र खेलको २४ घण्टा अघि नेगेटिव रिपोर्ट नभए खेल खेल्न नपाउने नियम रहेको छ।

३५ बर्सका स्टारले रियल छोडे पछि पहिलो पटक बार्साको बिरुद्ध खेल्ने क्रममा थिए र फ्यानहरुमा सो खेलको उत्साह धेरै रहेको थियो, मेस्सी र रोनाल्डोलाई संगै एकै मैदानमा फेरी हेर्ने धेरैको रहर पहिलो लेगको खेलले पुरा नगर्ने भएको छ।

नेसन्स लिग अन्तर्गत स्विडेनसँगको खेल अघि रोनाल्डोलाई कोरोना देखिएको थियो ।

३५ वर्षीय फरवार्डले स्विडेनसँगको खेल गुमाएका थिए । यस्तै सिरी ‘ए’ को खेल र च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेल समेत गुमाएका थिए ।

कोरोनाको दोस्रो रिपोर्ट समेत पोजेटिभ आएपछि रोनाल्डो पुन: सेल्फ आईसोलेसनमा बसेको बताईएको छ ।