रोनाल्डोले बनाए पेपेको चित्र- रोक्न सकेनन् आफ्नै हाँसो 

ronaldoe

२०२२को विश्वकपको लागि कतारमा रहेको पोर्चुगल राष्ट्रिय टिमले एक अर्काको चित्र बनाउने खेल खेल्दै भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको छ ।

उक्त भिडियोमा फुटबल सुपरस्टार रोनाल्डोले आफ्नो टिम-मेट पेपेको चित्र बनाए जुन निकै हास्यास्पद थियो र रोनाल्डो आफ्नै चित्र देखेर आफ्नो हाँसो रोक्न सकेनन्।

सोमबार राति, पोर्चुगल राष्ट्रिय टोलीले सोशल मिडियामा सो भिडियो पोस्ट गरेको थियो, जसमा खेलाडीहरूलाई एक अर्कालाई चित्रण गर्ने जिम्मेवारी दिइएको थियो।

जाओ फेलिक्सको चित्र रुबेन डायसले कडा मेहनतको साथ बनाएका थिए, जबकि म्यानचेस्टर युनाइटेडका डिफेन्डर डिएगो डालोटले आफू चित्र बनाउनेमा उत्कृष्ट नभएको देखाए।

यद्यपि, सबैभन्दा रमाइलो क्षण रोनाल्डोले टिमको सेन्टर ब्याक पेपेलाई चित्रण गर्दा भएको थियो। रोनाल्डोले पेपेको निकै हास्यास्पद चित्र बनाए भने उक्त चित्र देखाउँदा ३७ वर्षीय स्टारले आफ्नो हाँसो रोक्न सकेनन् हाल उक्त भिडियो निकै भाइरल हुँदै गएको छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ