रोनाल्डोले फ्यानको पोस्टमा यस्तो कमेन्ट गरे पछि रोनाल्डोको ट्रोल हुदैँ

सामाजिक सञ्जाल इन्स्टाग्राममा रोनाल्डोले गरेको एक कमेन्टको हाल धेरै चर्चा हुँदै गरेको छ। बलोन डि’ओर विजेताको घोषणा भए पछि सामाजिक सञ्जाल सो ’bout धेरै वार्ता, विवाद र छलफल भएको थियो कोही मेस्सीको उक्त जितबाट सन्तुष्ट थिएनन् भने कोही मेस्सीको पक्षमा रहेको बेला रोनाल्डोले उक्त जित ’bout एक फ्यान पोस्टमा गरेको कमेन्टले धेरै चर्चा पाएको छ।

मेस्सीको बलोन डि’ओर जिते पछि इन्स्टाग्राममा एक रोनाल्डो फ्यान पेजले सो निर्णयको आलोचना गर्दै पोस्ट गरेको थियो- उक्त पोस्टमा यो वर्ष मेस्सीको भन्दा रोनाल्डोको राम्रो रहेको र उक्त अवार्ड चोरी भएको भनेर सो पेजले लेखेको थियो जसमा रोनाल्डोको अफिसियल इन्स्टाग्राम अकाउन्टबाट ‘फ्याकटोस’ भनेर कमेन्ट रहेको थियो।

फ्याकटोसको अर्थ ‘फ्याक्ट’ अथवा ‘तथ्य’ रहेको छ। उक्त कमेन्ट भाइरल भए पछि हाल रोनाल्डोको धेरै आलोचना हुँदै गरेको छ भने उनको धेरै मिम र ट्रोल पनि भएको छ। उक्त कमेन्ट भने उनले आफै नगरेको हुन सक्ने केहीको विश्वास रहेको र उनको सामाजिक सञ्जाल म्यानेजरले सो कमेन्ट गरेको हुन सक्ने धेरैको विश्वास छ।

हालै मात्र ३६ वर्षीय सुपरस्टारले बालोन डी’ओर आयोजक र फ्रान्स फुटबलका मुख्य सम्पादक पास्कल फेरेको आलोचना गरेका थिए,पास्कलले “रोनाल्डोको एउटै लक्ष्य रहेको र त्यो मेस्सी भन्दा धेरै बालोन डि’ओरको साथ संन्यास लिने हो भनेर दाबी गरेका थिए र उक्त कुराबाट रोनाल्डो खुसी थिएनन् भने हाल बलोन डि’ओर विजेताबाट पनि उनी खुसी रहेको देखिन्छ।