रोनाल्डोले जिते गोल्डेन फुट अवार्ड

क्रिस्टियानो रोनाल्डोले २०२० गोल्डन फुटको पुरस्कार जितेका छन। युभेन्टस टुरिनको च्याम्पियन र पोर्तुगाल टीमको कप्टान विश्वभरका फुटबल प्रशंसकबाट सब भन्दा बढी मत प्राप्त गर्दै यो पुरस्कार जितेको हो।

गोल्डन फुट पुरस्कार एउता अन्तर्राष्ट्रिय फुटबल पुरस्कार हो, यो पुरस्कार उत्कृष्ट एथलेटिक जस्ले अन्तर्राष्ट्रिय र क्लब दुबैमा आफ्नो उत्कृष्ट प्रदशन गर्नेलाई दिइन्छ। सो पुरस्कार जित्न कम्तिमा २८ बर्ष उमेरका सक्रिय खेलाडीहरूलाई मात्र पुरस्कार दिइन्छ, र एक पटक मात्र जित्ने छ्न।