रोनाल्डोले छोडे पछि रियललाई झनै फाइदा

गत सिजनको ला लिगामा सुरुदेखि नै राम्रो नतिजा निकाल्न नसकेको स्पेनिस पावर हाउस रियल मड्रिडले यस सिजनको सुरुवातमै सानदार प्रदर्शन गरिरहेको छ ।पहिलो खेलमा गेटाफेमाथि २-० को जित निकालेको रियल मड्रिडले दोस्रो खेलमा गिरोनामाथि ४-१ को फराकिलो जित हात पर्न सफल भएको छ । यस सिजनमा महत्वपूर्ण खेलाडी रोनाल्डोले क्लब छाडेपछि रियल मड्रिडको प्रदर्शन खस्कने अनुमान गरिए पनि रियल लयमा देखिएको छ ।

रियल मड्रिडले पाएको पेनाल्टीमा ३९ औं मिनेटमा कप्तान रामोसले गोल गरे । पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो । ५२ औं मिनेटमा रियल मड्रिडले पुनः पेनाल्टीको अवसर पाएकोमा करिम बेन्जिमाले गोल गरी टोलीलाई अग्रता दिलाए । त्यसपछि बेलले ५९ औं मिनेटमा गोल गरे भने ८० औं मिनेटमा बेन्जिमाले अर्को गोल गरी टोलीका लागि ४ १ को जित पक्का गरिदिए ।

जित सँगै दुई खेल खेल्दा रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा देखिएको छ । अर्को स्पेनिस पावर हाउस डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले पनि सुरुका २ खेलमा जित हात पारिसकेको छ । गोल अन्तरका आधारमा बार्सिलोनालाई रियलले उछिनेको छ ।