रोनाल्डोले गरे ६० वर्ष पुरानो रेकर्डसँग बराबरी

गत राति साबिक विजेता युभेन्टसले लिगको १४औं खेलमा फियोरेन्टिनालाई उसकै घरमा हरायो । युभेन्सले लिगमा अपराजित रहनेक्रममा घरेलु टोलीलाई ३–० ले स्तब्ध बनायो ।
सो खेलमा यसै सिजन युभेन्टसमा अनुबन्ध भएका क्रिस्टियानो रोनाल्डोले पनि १ गोल गरे । उनले पेनाल्टीबाट दर्शनीय गोल गरेका थिए ।

सो गोलसँगै रोनाल्डोले युभेन्टसका लागि घरेलु लिगमा कूल १० गोल पूरा गरेका छन् । उनी लिगको सर्वाधिक गोलकर्ताको सूचीमा समेत उक्लिएका छन् । यसँगै रोनाल्डोले क्लब युभेन्टसको ६० वर्ष पुरानो एक रेकर्ड बराबरी गरेका छन् । उनले क्लबको इतिहासमा डेब्यु सिजनमा सबैभन्दा कम खेलबाट १० गोल पूरा गर्ने रेकर्ड बराबरी गरेका हुन् ।

रोनाल्डोले युभेन्टसका पूर्वखेलाडी जोन कार्लेसको रेकर्ड बराबरी गरेका हुन् । यस्तै रेकर्ड कार्लेसले सन् १९५७÷५८ मा बनाएका थिए । उनले डेब्यु सिजनमा १४ खेलबाट १० गोल गरेका थिए ।

अब रोनाल्डो युभेन्टसमा डेब्यु सिजनमै सबैभन्दा कम खेलबाट १० गोल गर्ने दोस्रो खेलाडी बनेका छन् ।