रोनाल्डोले गरे युभेन्टसको पहिलो खेलमा गोल

क्रिस्टियानो रोनाल्डोले युभेन्टसका लागि डेभ्यु गोल गरेका छन्।

गएराती भएको युभेन्टस अन्डर १९ सँगको मैत्रीपूर्ण खेलमा रोनाल्डोले युभेन्टसको सिनियर टिमबाट युभेन्टसका लागि पहिलो सहभागिता जनाउदै युभेन्टसका लागि आफ्नो पहिलो गोल गरेका छन्।

रोनाल्डोलाई हेर्न र भेट्न फ्यानहरुको भिड लागेको सो खेलमा खेलको ७०औ मीनेटमा फ्यानहरु मैदानमा प्रवेश गरेपछि खेल नै रद्ध गर्नु परेको थियो।

रोनाल्डोले खेलको १०औ मिनेटमा गोल गर्दै युभेन्टसमा आफ्नो खाता खोलेका छन्।