रोनाल्डोले ओलेको मजाक उडाएको आरोप

लिभरपुल सामु म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार यो हप्ताको चर्चाको विषय बनेको छ। ०-५को हार पछि उक्त खेल ’bout धेरै चर्चा हुँदै गर्दा क्लबका कोच कोच ओले गनर सोल्सायरको धेरै आलोचना हुँदै गरेको छ।

हाल पछि क्लबका कोच ओले गनरको धेरै आलोचना हुँदै गर्दा फ्यानहरू उनीबाट खुसी छैनन् भने युनाइटेडका केही खेलाडीहरू पनि उनको रणनीतिबाट खुसी नरहेको चर्चा छ भने हाल रोनाल्डोको उक्त खेलको एक भिडियो भाइरल हुँदै गएको छ र रोनाल्डोले आफ्नो कोच ओले गनर सोल्सायरको मजाक उडाएको धेरैको विश्वास रहेको छ।

उक्त भिडियोमा लिभरपुलको गोल पछि रोनाल्डोले हातले सङ्केत गर्दै गरेको देखिन्छ र उनले आफ्नो कोच ओले गनरको नकल गरेको जस्तो देखिन्छ। खेलको क्रममा ओले गनर सोल्सायर सोही प्रकारको सङ्केत गर्दै आफ्नो खेलाडीहरूलाई निर्देशन दिने गर्छन् भने उक्त खेलबाट निराश भएका रोनाल्डोले आफ्नो कोचको उक्त बानीको मजाक उडाएको धेरैको विश्वास रहेको छ।

पछिल्लो ५ लिग खेलमा युनाइटेडले ३ खेल हारेको छ भने १ जित र १ बराबरी गरेको छ। पछिल्लो दुई लिग खेलमा खेलमा मात्र युनाइटेडले ९ गोल खाएको छ भने २ गोल मात्र गरेको छ। च्याम्पियन्स लिगमा एटलान्टा विरुद्ध ३-२को जित पछि उनको आलोचना केही सेलाएको थियो तर लिभरपुल विरुद्धको ५-०को हार पछि उनको बर्खास्तको माग झन् बढेको छ भने हाल ओले गनर सोल्सायर धेरै दबाबमा रहेका छन्।

युनाइटेडले आउँदो लिग खेलमा टोटेनह्याम र म्यानचेस्टर सिटीको सामना गर्ने छ र उक्त खेलहरूमा ओले गनर सोल्सायरलाई धेरै दबाब हुने छ।