रोनाल्डोले आफ्नो होटललाई अस्पताल बनाएर मदत गर्ने

कोरोना भाइरसको संक्रमण फैलिएसँगै पोर्चुगल र युभेन्टसजा सुपर स्टार क्रिस्टियानो रोनाल्डोले मदत गर्ने भएका छन्।

उनले आफ्नो होटललाई अस्पतालमा परिवर्तन गरेर संक्रमित भएकालाई मदत गर्ने खबर छन् ।

पोर्चुगलमा समेत कोरोनाको संक्रमण बढ्न थालेपछि रोनाल्डोले विरामीको उपचारका लागि आफ्नै होटललाई अस्पतालमा रुपान्तरण गरेका हुन् ।

रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ‘पेस्टाना सीआर–७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेको अन्तर्राष्ट्रि«य सञ्चार माध्यामले जनाएका छन् । रोनाल्डोले होटललाई सात दिनभित्र अस्पतालमा परिणत गरेर कोरोना संक्रमित विरामीको नि:शुल्क उपचार गर्न लागेको बताईएको छ ।

रोनाल्डोले विरामीको उपचार, औषधी, बस्ने र खाने सबै खर्च नि:शुल्क गर्न लागेका हुन् । उपचारमा सम्लग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि रोनाल्डोले ब्यक्तिगत गर्नेछन् ।

फुटबलमा विश्वभर ख्याती कमाएका रोनाल्डो सामाजिक कार्यमा पनि मनकारी छन् । रोनाल्डो खेलाडीको रूपमा मात्र नभई मानवीय गुणले पनि भरिपूर्ण ब्यक्ति भएको भन्दै उनको अहिले विश्वभर तारिफ भइरहेको छ । इटालीबाट आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई कोरोना संक्रमण भएको भन्दै घरमै ‘क्वारेन्टाइन’ मा राखिएको थियो । तर प्रशिक्षणपछि उनमा कोरोनाको संक्रणम फेला परेको थिएन ।

पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई कोरोना संक्रमित भएको पृष्टि भएको छ । अहिलेसम्म कसैको ज्यान भने गएको छैन ।

@Ratopati

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ