रोनाल्डोलाई १० औं पटक पोर्चुगिज वर्षका उत्कृष्ट खेलाडीको अवार्ड

क्रिस्टियानो रोनाल्डो पोर्चुगिज बर्षका उत्कृष्ट खेलाडी चुनिका छन् । उनी उत्कृष्ट चुनिएको यो १० औं पटक हो ।

३४ वर्षे सुपर स्टारले देशको वार्षिक अवार्ड सन् २००७ यता उनी २०१० र २०१४ मा बाहेक सधै वर्षका उत्कृष्ट अवार्ड जित्दै आएका छन् । २०१० मा सिमाउ र २०१४ मा पेपे उत्कृष्ट बनेका थिए । युभेन्ट्सले लगातार आठौं पटक सिरि ‘ए’ जित्दा रोनाल्डो त्यसको हिस्सा थिए ।

यो अवार्डका लागि उनले एट्लेकिो म्याड्रिडका जाओ फिलिक्स, म्यानचेस्टर सिटीका बेर्नार्डो सिल्भा, स्पोर्टिङ लिस्बनका ब्रुनो फेर्नान्डेज र उल्भका रुविन नेभिसलाई पछि पारेका थिए । बेनफिकाका लागि अवार्डको दिन विषेश रह्यो । टोलीको महिला र पुरुष दुवै उत्कृष्ट टिम अफ दि इउरबाट सम्मानिजत भए । बेनफिकाका प्रशिक्षक ब्रुनो लागे उत्कृष्ट प्रशिक्षक चुनिए ।

हालै मात्र युइएफले प्लेयर अफ दी अवार्ड जित्नबाट चुकेका रुनाल्डो अब फिफा दि बेष्ट अवार्डको पर्खाइमा छन् । त्यसमा पनि यसअघिका अवार्डमा जस्तै लिभरपुलका भान डिक, बार्सिलोनाका मेस्सीसँग प्रतिस्पर्धा छ । द बेस्ट अवार्डको घोषणा सेप्टेम्बर २३ मा मिलानमा गरिनेछ ।