रोनाल्डोलाई साइन गर्न चेल्सी इच्छुक

म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले क्लब छोड्ने पक्का भए सँगै धेरै क्लबहरूको नाम उनी सँग जोडिएको छ भने हाल खबर अनुसार प्रिमियर लिग क्लब चेल्सी उनलाई साइन गर्न इच्छुक रहेको छ ।

रोनाल्डोले एक अन्तर्वार्तामा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर युनाइटेडका कोच एरिक टेन ह्यागको आलोचना गरे पछि युनाइटेड खुसी छैन भने युनाइटेडले उनी सँगको सम्झौता रद्द गर्ने पक्का भएको बेला रोनाल्डोलाई चेल्सीले साइन गर्न सक्ने चर्चा रहेको छ।

यो वर्षको मे महिना तिर पनि चेल्सी रोनाल्डोलाई साइन गर्न इच्छुक रहेका थिए। सिजन सुरु हुन अगाडी नै क्लब छोड्न इच्छुक रहेका रोनाल्डोलाई भित्राउन चेल्सीका नयाँ मालिक टोड बोहली धेरै उत्साहित रहेका थिए तर त्यो समयका चेल्सी कोच थोमस टुचेल उक्त योजनाको विरुद्धमा थिए।

हाल रोनाल्डो युनाइटेड छोड्न नजिक रहेको बेला चेल्सीले फेरी उनी माथि आफ्नो निगरानी राखेको जानकारी छ। चेल्सीका मालिक क्लबमा एक सुपरस्टार खेलाडी भित्राउने योजनामा रहेका छन् र रोनाल्डोलाई साइन गर्न चेल्सीले फेरी पनि प्रयास गर्ने सम्भावना बढेको छ।

गत सिजन सबै खाले प्रतियोगिता गरी २४ गोल गरेका रोनाल्डो युनाइटेडका सर्वाधिक गोलकर्ता रहेका थिए । तर यस सिजन उनका लागि सुखद हुन सकेको छैन ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ