“रोनाल्डोलाई साइन गर्नु गलत निर्णय”- पूर्व युभे अध्यक्ष

युभेन्टसका पूर्व अध्यक्ष जियोभन्नी कोबोली गिग्लीले क्रिस्टियानो रोनाल्डोको आगमन असफल भएको बताएका छन्। पोर्तोले युभेलाई च्याम्पियन्स लिगबाट नकआउट गरेको छ र सो खेल पछि युभेन्टसको धेरै आलोचना भएको छ भने रोनाल्डो पनि आलोचनाको सिकार भएका छन्।

“रोनाल्डो साइन गर्नु एक गलत निर्णय थियो, बिलकुल,” कोबोली गिग्लीले रेडियो पुन्टो नुभोलाई भने।

“मैले यो पहिलो दिन मै युभेन्टसमा भनेको थिएँ। उनी एक महान् च्याम्पियन हुन्, तर उनी धेरै महँगो छन् ।

“अब यो युभन्टसमा निर्भर छ। युभेले उनलाई प्रति गोल १ मिलियन तिरेको छ। एग्नेली आत्म-आलोचनात्मक हुनुपर्दछ, तर उनी राम्रो सहयोगीहरू छैन।

“म पिर्लोलाई दोष दिँदिन। मैले फेराारालाई नियुक्ति गरेको थिए र यो सकारात्मक अनुभव थिएन। युभेन्ट्सका हालका अध्यक्ष एन्ड्रिया एग्नेलीले उनी सँग जोखिम लिए। उनी सार्री चाहँदैनथे, तर उनले स्वीकार गरे किनकि पराती र नेद्वेदले उनको नियुक्तिको सुझाव गरे। युभेन्टसलाई अब पुनर्निर्माण गर्न आवश्यकता छ, “