“रोनाल्डोलाई रोक्न असम्भव छ”

स्विडेन र युभेन्टसका मिडफिल्डर देजन कुलुसेभस्कीले टीम-मेट क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरेका छन्।

स्विडेनले बिहीबार रोनाल्डो र पोर्तुगलको सामना गर्ने छ र रोनाल्डो बिरुद्ध खेल्न उनि रोमाञ्चित रहेको छन्।

“पहिलो लेगमा उनलाई रोक्न असम्भव थियो, कसैले उनलाई रोक्न सक्दैन। “यदि उनको दिन राम्रो रह्यो भने उनले एक्लै सबै कुराको लागि निर्णय गर्न सक्ने छन्,” कुलुसेभस्कीले भने।

“बिहीबार हामीसँग अर्को मौका छ।

“यो खेल रमाइलो हुनेछ, हामीले यो खेलबाट एकअर्कालाई अझै राम्ररी चिन्ने मौका पाउने छौ।”