रोनाल्डोलाई रियल म्याड्रिडले मिस गरेको छ

थिबौट कोर्तोवालाई विश्वास छ कारीम बेन्जेमाले यस सिजन रियल म्याड्रिडको भार बोक्न सक्षम छ भन्नेमा।

यी ३२ बर्षिय फरवार्डले जारी सिजन १६ गोल गरिसकेका छन २३ खेलमा।

तर कोर्तोवाले लस ब्लान्कोसले क्रिस्टियानो रोनाल्डोलाई मिस गरेको स्विकारे।

पूर्व चेल्सी गोलरक्षकले भने: ‘तपाईं एक जना यस्तो खेलाडिको बारेमा कुरा गर्दै हुनुहुन्छ जस्ले बर्षमा ४०-५० गोल गर्छ, तपाईं उसलाई मिस गर्नुहुन्छ।

‘तर उसले डेढ बर्ष अघि छोड्यो, हामीसँग खेलाडीहरू छन् जसले गोल गर्न सक्छन्।

‘बल किन भित्र जादैन भनेर मसँग स्पष्टीकरण छैन, तर मलाई विश्वास छ कि मेरो टीमका साथीहरूले कुनै पनि समयमा स्कोर गर्न सक्छन्।

‘करीम उत्कृष्ट छ, उसले धेरै गोल गरिसकेको छ। मलाई लाग्दैन कि हामीले कसैलाई भित्राउनु जरुरी छ, मलाई टोलीमा माथि पुरा विश्वास छ। ‘

बिलबाओको बिरूद्ध बराबरी खेले पछि रियल म्याड्रिडले उपाधि दौडमा एउटा महत्वपूर्ण पकड गुमाएको छ र बार्सिलोना भन्दा २ अंकको दुरीमा छ।