प्रसिद्ध अमेरिकी युट्युबर ‘आइसोस्पिड’ क्रिस्टियानो रोनाल्डोको ठुलो फ्यान रहेका छन् र धेरै समय देखि रोनाल्डोलाई भेट्ने उनको सपना युरो कप छनोट खेलमा भएको छ।
IShowSpeed finally met Ronaldo pic.twitter.com/z6hkhjGlYA
— Dexerto (@Dexerto) June 17, 2023
शनिवार राति भएको खेलमा पोर्चुगलले बोस्निया एण्ड हर्जगोभिनालाई ३-० गोल अन्तरले हराएको थियो र उक्त खेल हेर्न प्रसिद्ध अमेरिकी युट्युबर ‘आइसोस्पिड’ पोर्चुगलमा पुगे भने खेल पछि उनले फुटबल सुपरस्टार रोनाल्डो सँग भेट्ने अवसर पाए र रोनाल्डो सँग भेटे पछि पोर्चुगल निकै भावुक हुन पुगे।
१७ मिलियन भन्दा धेरै सब्सक्राइबर भएका आइसोस्पिडले धेरै पटक रोनाल्डोलाई भेट्ने प्रयास गरेका थिए। उनी २०२२मा इङ्गल्याण्डमा म्यान्चेस्टर युनाइटेडको खेल हेर्न पनि पुगेका थिए भने कतारमा भएको विश्वकपमा पनि उनले प्रयास गरे पनि सफल भएका थिएनन्।
युरो कप छनोट खेलमा भने आइसोस्पिडको सपना पुरा भयो र सो समय उनी धेरै भावुक हुन पुगे र हाल सो क्षणको भिडियो निकै भाइरल हुँदै गएको छ।
This was a canon event for IShowSpeed pic.twitter.com/Ci7MuwVJW9
— Dexerto (@Dexerto) June 17, 2023
बोस्निया एण्ड हर्जगोभिना बिरुद्धको उक्त खेल भने पोर्चुगलले ३-०ले जितेको थियो। खेलको ४४औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ७७औँ मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३-० को जित दिलाए ।
यस खेलसँगै कप्तान क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि १९९ औँ खेल पूरा गरेका छन् । यस जितपछि पोर्चुगलले ३ खेलमा ९ अंक जोडेको छ ।
पोर्चुगल समूह ‘जे’ को शीर्ष स्थानमा रहेको छ । बोस्निया ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।