“रोनाल्डोलाई बेच्नु रियलको सबैभन्दा ठुलो गल्ती”

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई क्लबका पूर्व प्रमुखले क्रिस्टियानो रोनाल्डोलाई बेचेकोमा आलोचना गरेका छन्। पोर्तुगलका सुपरस्टारले २०१८ रियल छोडे र स्पेनमा धेरै सफल अवधि पछि उनि युभेन्टस गए।

रोनाल्डोको प्रदर्शन इटालीमा निकै राम्रो रहेको छ भने हाल लस ब्लान्कोस युरोपमा केहि संघर्ष गरिरहेका छन्। उनले छोडेको खाली ठाउँ भर्न रियलले एडन हजार्ड साइन गरे पनि उनको ठाउँ भर्न हजार्ड सफल हुन सकेका छैनन् भने उनि आफै चोट ग्रसित हुदै आएका छन् र पुर्व क्लब प्रमुख रेमन क्याल्डेरन रियलले विश्वको सर्वश्रेष्ठ खेलाडी मध्ये एकलाई बेचेको कुराबाट आफु चकित भएको बताए।

गोल संग कुरा गर्दै उनले भने “रोनाल्डोको त्यो मनोवृत्ति र उनको प्राकृतिक अवस्थाले उनलाई अपराजेय बनाउँछ। निस्सन्देह, उहाँ युवा खेलाडीहरुको लागि उदाहरण हुनुहुन्छ जो खेलमा सफल हुन खोज्छन्।

“खेलाडीहरुले बुझ्छन् कि रियल म्याड्रिडमा सामेल हुने आफ्नो क्यारियरलाई अगाडि बढाउने र उपाधि प्राप्त गर्ने र व्यक्तिगत मान्यता कमाउने एक उत्तम अवसर हो। “उनी गलत थिएनन्, उनले चार बलोन डी’ओर र चार च्याम्पियन्स लिग उपाधि प्राप्त गरे, र धेरै गोल गरे यो थोरै मानिसहरुको पहुँच भित्र थियो।

“वर्तमान अध्यक्ष [फ्लोरेन्टिनो पेरेज]ले उनलाई टोलीमा नौ बर्ष पछि €११० मिलियनमा बेच्नु ठूलो गल्ती थियो। यो दुखद कुरा हो किनकि उनि अझै इटालीमा देखाउँदै छन् उनि अझै एक उत्कृष्ट खेलाडी हुन् “