रोनाल्डोलाई बेकह्यामको त्यो उत्कृष्ट पास जसले अझै पनि फ्यानहरुलाई चकित पार्ने गर्छ

डेभिड बेकह्यामले धेरै असम्भव, डिफेन्डरकै-अपमान गर्ने ‘करली’ क्रस गर्ने गर्थे- तर २००५/२००६को कोपा डेल रेमा रोनाल्डो नाजारियोलाई उनको यो पास अहिले सम्मको सबैभन्दा उत्कृष्ट हुन सक्छ।

रियल म्याड्रिडका २३ नम्बरका सुपरस्टारको पास जस्तो अहिले सम्म पक्कै पनि केही छैन। उनको त्यो हेराई र पिनपोइन्ट पास जसको मदतमा रोनाल्डोले गोल गरे।

२००५/२००६को कोपा डेल रेमा रियल जारागोजाबिरुद्ध बेकह्यामको त्यो पासको अझै पनि फ्यानहरुले कदर गर्ने गर्छन।

बेकह्यामको त्यो उत्कृष्ट-निर्देशित पास सबै खेलाडीलाई पछि पार्दै रोनाल्डो सम्म पुगेको थियो र रोनाल्डोले सजिलैसँग गोल गरे ।


रोनाल्डोले हालै इन्स्टाग्राम लाइभमा बेकह्यामको त्यो पासलाई याद गरे र उनको प्रशंसा गरे।

“तपाईं सबै समयका सर्वश्रेष्ठ खेलाडी मध्ये एक हुनुहुन्थ्यो, जुन तरिकाले तपाईं बललाई छुनुहुन्छ, बललाई तपाईं जहाँ चाहानुहुन्छ त्यो ठाउँमा पास गर्न सक्नुहुन्थ्यो, र मलाई हेराई नगरी बल मेरो खुट्टामा आउँथ्यो।

“तपाईंले मलाई दिनुभएका त्यो पासहरुको लागि म तपाईंलाई धन्यवाद दिन चाहन्छु। तपाईं उत्कृष्ट हुनुहुन्थ्यो।”