‘रोनाल्डोलाई फिर्ता गर्न रियल इच्छुक’

ला लिगा क्लब रियल म्याड्रिड आफ्नो पूर्व स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई क्लबमा फिर्ता गर्न इच्छुक रहेको ब्रिटिस मिडिया द सनले रिपोर्ट गरेको छ। रोनाल्डोले रियलमा नौ वर्ष सम्म खेल्दा ४३८ खेलमा ४५० गोल गरेका थिए।

हाल रोनाल्डो म्यानचेस्टर युनाइटेडमा खेल्दै छन् र उनको प्रदर्शन रहेको छ तर नयाँ कोचको नेतृत्वमा युनाइटेडमा रोनाल्डोको ठाउँमा प्रश्न हुन सक्ने सनको दाबी छ भने उनलाई फिर्ता गर्न रियल म्याड्रिड इच्छुक रहेको सनले रिपोर्ट गरेको छ।

सन फुटबलका अनुसार रियल ३६ वर्षीय स्टारलाई फेरी क्लब भित्राउन इच्छुक रहेको छ। रंगनिकको हाई-एनर्जी प्रेसिङ गेममा रोनाल्डोको शैली नमिल्ने र रोनाल्डोले क्लब छोड्न सक्ने सनको रिपोर्ट रहेको छ तर हाल रोनाल्डोको फम युनाइटेडको लागि निकै राम्रो रहेको छ।

नर्विच विरुद्धको खेलमा रोनाल्डोको गोलमा युनाइटेडले जित निकालेको थियो भने कोच रंगनिकले पनि रोनाल्डोको प्रशंसा गर्दै आएका छन्।