रोनाल्डोलाई फर्काउन नखोजेको रियल मड्रिडको प्रशिक्षकको भनाइ

एजेन्सी, स्पेनिश क्लब रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले यस ट्रान्सफर सिजन आफुले इटालियन क्लब युभेन्टसका स्टार पोर्चुगिज फर्वार्ड क्रिस्टियानो रोनाल्डोलाई क्लबमा फर्काउन नखोजेको प्रष्ट पारेका छन्। विगत केहि दिन देखि उनी रोनाल्डोलाई रियल मड्रिडमा पुनः अनुबन्ध गर्न इच्छुक रहेको भनिएको थियो।

३६ वर्षका रोनाल्डो २०२२ सम्म मात्र युभेन्टसमा अनुबन्ध छन्। त्यसपछि युभेन्टसले उनलाई फ्री ट्रान्सफरमा गुमाउन सक्ने हुँदा रोनाल्डोले यस ट्रान्सफर सिजन क्लब छाड्न सक्ने अनुमान लागाइनुका साथै फ्रेन्च क्लब पि.एस.जि र इङलिस क्लब म्यान्चेस्टर युनाइटेडलाई उनको सम्भावित गन्तव्यका रुपमा पनि लिइएको थियो। रिपोर्टका अनुसार पि.एस.जि भने यस ट्रान्सफर सिजन रोनाल्डो भित्र्याउन इच्छुक छैनन् र क्लबको मुख्य प्राथमिकता एम्बापेलाई क्लबमा नै राख्नु रहेको छ।

रोनाल्डो २०१८ मा करिब १०० मिलियन युरोमा स्पेनिश क्लब रियल मड्रिडबाट युभेन्टसमा अनुबन्ध भएका थिए। उनले युभेन्टसका लागि १३३ खेलमा १०१ गोल गरि सकेका छन्।