रोनाल्डोलाई प्रशिक्षकले भने इटालीमा सोचेको जस्तो गोल गर्न सजिलो छैन

युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले रियल मड्रिडबाट आएका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई इटालियन फुटबलमा समायोजन हुन समय लागिरहेको बताएका छन् ।

सिरी ‘ए’मा युभेन्टसले पहिलो तीन खेलमा भेरोना, लाजियो र पार्मालाई हराए पनि रोनाल्डोले गोलको खाता खोल्न सकेका छैनन् । उनले तीन खेलमा २३ प्रहार गरे पनि गोल भने हुन नसकेको हो ।

‘रोनाल्डोले राम्रो गरिरहेका छन् । इटालीमा फुटबल सहज छैन । यहाँ एक सिजनमा ४० गोल गर्न गाह्रो छ’ प्रशिक्षक एलेग्रीले भने ।

३३ वर्षका रोनाल्डोले रियल मड्रिडमा रहँदा ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका थिए । साथै ला लिगमा उनले पछिल्लो पटक खेेलेका १० खेलमा १८ गोल गरेका थिए ।