रोनाल्डोलाई पछि पार्दै सालाह बने उत्कृष्ट खेलाडी

लिभरपुलका इजिप्टियन खेलाडी मोहम्मद सालाह पछिल्लो समय निकै चर्चाको शिखरमा छ । च्याम्पियन्स लिग क्वार्टरफाइनल पहिलो लेगको प्रदर्शनको आधारमा लिभरपुलका मोहम्मद सालाहले च्याम्पियन्स लिग साताको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
सालाहले सिटी विरुद्ध निकै आकर्षक गोल गरेका थिए । म्यानचेस्टर सिटीविरुद्ध १ गोल गर्नुका साथै अर्को गोलमा असिस्ट दिएका इजिप्टका फरवार्ड सालाह रियल म्याड्रिडका क्रिस्टिायानो रोनाल्डोलाई पछि पार्दै प्लेयर अफ दी विक चुनिएका हुन् ।
समर्थकहरुको भोटको आधारमा दिइने यस अवार्डमा सलाहले कुल मतको ५७ प्रतिशत मत प्राप्त गरे । रोनाल्डोले ३७ मत प्राप्त गरे भने बायर्न म्युनिखका हामेस रोड्रिगेजले ५ र बार्सिलोनाका जेरार्ड पिकेले ४ प्रतिशत मत पाएका छन् । सालाह यो सिजन निकै उत्कृष्ट लयमा रहेका छन् ।