रोनाल्डोलाई पछि पार्दै मेस्सीले जिते ‘युइएफए फरवार्ड अफ दि इयर’ अवार्ड

युरिपियन फुटबलको सर्वोच्च संस्था यूईएफएले आयोजना गरेको वर्षको उत्कृष्ट खेलाडीअन्तर्गत विधागत अवार्डमा बार्सिलोना कप्तान लिओनेल मेस्सी र लिभरपुलका भार्जिल भान डाइकले उपाधि जितेका छन् ।

उत्कृष्ट गोलरक्षकमा लिभरपुलका गोलरक्षक एलिसन बेकरले उपाधि जिते । उनले लिभरपुललाई च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । प्रिमियर लिगमा पनि लिभरपुल उपविजेता बनेको थियो ।

उत्कृष्ट डिफेन्डर उपाधि लिभरपुलका भर्जील भान डाइकले जितेका हुन् । उत्कृष्ट मिडफिल्डर आयाक्सका फ्रानकी डे जोङ भए । उनी हाल बार्सिलोनामा अनुबन्धित भएका छन् । उत्कृष्ट फरवार्ड बार्सिलोना कप्तान लिओनेल मेस्सी भए ।