रोनाल्डोलाई नखेलाएकोमा प्रहरीले अनुसन्धान गर्ने।

कोरियामा भएको अल स्टार र युभेन्टस बीचको मैत्रीपूर्ण खेलमा स्टार क्रिस्टियानो रोनाल्डोले नखेले पछि कोरियामा धेरै फ्यानहरु क्रोधित भएका थिए र कुरा यहाँ सम्म पुगेको छ कि दक्षिण कोरियाका प्रहरीले आयोजकमाथि अनुसन्धान सुरु गरेको छ ।

रोनाल्डोले खेल्ने भन्दै आयोजकले टिकट बेचेपनि रोनाल्डो शुक्रबार भएको मैत्रीपूर्ण खेलमा बेन्चमा रहेका थिए । रोनाल्डोले खेल्ने भएपछि उक्त खेलको ६० हजार टिकट बिक्रि भएको थियो ।

उक्त खेलमा रोनाल्डो कम्तिमा ४५ मिनेट खेल्ने बताईएको थियो । तर, युभेन्ट्सले रोनाल्डोलाई बेन्चमै सिमित राखेको थियो ।

रोनाल्डो नखेलेपछि समर्थकहरुले आयोजकविरुद्ध मुद्दा हालेको थियो । समर्थकहरुले आयोजकले मानसिक पीडा दिएको भन्दै मुद्दा दायर गरेका थिए ।

युभेन्ट्सका प्रशिक्षक मौरिसियो सारीले खुट्टाको मांसपेशी समस्याको कारण नखेलेको बताएका थिए ।