“रोनाल्डोलाई गुमाउनु भनेको प्रति खेल एक गोल गुमाउनु हो”

युभेन्टसका पूर्व कप्तान फाबियो क्यानाभारोले युभेन्टसबाट सुपरस्टार क्रिस्टियानो रोनाल्डोको प्रस्थान पछि क्लबको खराब फम रहेको दाबी गरेका छन् र विगत दुई वर्षमा क्लबको गिरावटबाट आफू अचम्मित नरहेको उनले बताएका छन्।

हाल सिरी एमा युभेन्टस १९ खेलमा १० जितको साथ लिगको ५ औँ स्थानमा रहेको छ र युभेन्टस र लिग लिडर इन्टर मिलान बिच १२ अङ्कको दूरी रहेको छ। क्यानाभारोले क्रिस्टियानो रोनाल्डोको प्रस्थान प्रशिक्षक म्याक्स एलेग्रीका लागि तत्कालै झटका भएको बताएका छन् ।

“युभेको गिरावटले मलाई अचम्ममा पारेन, म यसलाई अपरिहार्य ठान्छु ।- युभेन्टसका पूर्व कप्तान फाबियो क्यानाभारोले बताए।

“युभेले रोनाल्डो, गुमाएको कुरा नबिर्सनुहोस्। उहाँको साथ खेल सधैँ एक- शून्यको अग्रताबाट सुरु भएको जस्तो हुन्छ।

“युभेले आफ्नो सबैभन्दा महत्त्वपूर्ण खेलाडीहरूको कमजोरी र धेरै कठिनाइहरूको सामना गरेको छ र केही युवा खेलाडीहरूको ढिलाइको सामना गर्नुपरेको छ।”