रोनाल्डोलाई इटालीमा देखेकोमा खुशी लाग्यो- इब्राहिमोभिक

इब्राहिमोभिकले आफुले वर्षौं पहिले मिलान छोड्न नचाहेको बताए। यधपी, क्लबको आर्थिक अवस्था कम्जोर भएको कारण छोड्न परेको जनाए।

इब्राहिमोभिकले आफ्नो पुरानो कुराहरु अौलाउदै मिलानमा आधिकारिक प्रेस सम्मेलनमा भने

“हामीसँग समर्थकहरु हुनु महत्त्वपूर्ण छ। म तयार छु र म तुरून्त खेल्ने आश गरछु।”

“यो मेरो लागि गाह्रो निर्णय थिएन। म धेरै वर्ष अघि क्लबबाट निस्किनु परेको थियो आर्थिक समस्याका कारण, यदि मेरो निर्णय हुने थियो भने म छोड्ने थिइनँ।”

“मिलानको इतिहास रद्द गर्न सकिदैन। यी वर्षहरूमा धेरै चीजहरू भयो, क्लब दुई पटक बेचियो। म फुटबल खेलाडी हुँ र मैदानमा हुने घटनाहरूको लागि मात्र म जिम्मेवार छु। तर म विश्वस्त छु।”

“यदि मैले यस टोलीमा विश्वास नलागेको भए म फर्कने थिइनँ।”

इब्राहिमोभिकले रोनाल्डोलाई इटालीमा देखेकोमा खुशी व्यक्त गरे। उन्ले भने “रोनाल्डोले इटालीयन लिग खेलेकोमा खुशी लाग्यो”।