रोनाल्डोलाई आफ्नो ‘एटीट्यूड’ परिवर्तन गर्न म्यान युनाइटेडको चेतावनी

आफ्नो सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लबमा आफ्नो मनोवृत्ति सुधार नगरे उनको सम्झौता रद्द गर्न म्यानचेस्टर युनाइटेड तयार रहेको रिपोर्ट छ।

रोनाल्डो १२ वर्ष युनाइटेड फर्केका हुन् भने एक वर्ष पछि नै क्लब छोड्ने उनले आफ्नो इच्छा व्यक्त गरेका छन् तर हाल सम्म उनले नयाँ क्लब पाएका छैनन् भने नयाँ सिजनको पहिलो दुई खेलमा संलग्न रहे र दुवै खेल युनाइटेडले हारेको छ।

ब्रेन्टफोर्डको घरेलु मैदानमा भएको खेलमा युनाइटेड ४-० पराजित भए पछि खेलको अन्त्यमा रोनाल्डोले फ्यानहरूको लागि ताली पनि बजाएनन् भने उनले आफ्नो कोच टेन ह्याग सँग हात पनि मिलाएनन् र रोनाल्डोको उक्त व्यवहारबाट क्लब खुसी नरहेको जानकारी छ।

हाल खबर अनुसार क्लबमा रोनाल्डोको ‘एटीट्यूड’ परिवर्तन नभए म्यान युनाइटेडले उनी सँगको सम्झौता रद्द गर्ने योजनामा रहेको छ।

रोनाल्डो क्लबमा खुसी नरहेको स्पष्ट छ भने क्लबका स्टाफहरू पनि उनको ‘एटीट्यूड’ बाट खुसी नरहेको रिपोर्ट छ।

म्यानचेस्टर युनाइटेडको सिजन गत सिजन धेरै राम्रो रहेन भने रेड डेभिल्स च्याम्पियन्स लिगमा छनोट हुन असफल रहे पछि रोनाल्डो क्लब छोड्न इच्छुक रहेका थिए। २०२१/२२ सिजन व्यक्तिगत रूपमा क्रिस्टियानो रोनाल्डोको लागि राम्रो रहेको थियो उनले युनाइटेको लागि ३७ खेलमा २४ गोल गरेका थिए।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ