रोनाल्डोलाइ मार्सेलो संग आफ्नो नया क्लब युभेन्टसमा खेल्ने चाहना

क्रिस्टियानो रोनाल्डोले आफ्नो पूर्व क्लब रियल मड्रिडका फुलब्याक मार्सेलोलाई युभेन्टस्मा आउनको लागि आग्रह गरेका छन् ।

अघिल्लो महिना १ सय मिलियन पाउन्डमा इटालियन क्लब युभेन्टस् पुगेका रोनाल्डोले युभेन्टसमा थप सफलताको लागि मार्सेलोलाई क्लबमा आउन आग्रह गरेको इटालियन पत्रिका टुटोस्पोर्टसले उल्लेख गरेको छ ।

लेफ्टब्याक मार्सेलो र सुपरस्टार रोनाल्डोबीचको सहकार्य रियलमा निक्कै सफल भएको थियो । तर, मार्सेलोको युभेन्टस यात्रा भने असहज छ । किनभने युभेन्टससँग एलेक्स सान्ड्रोजस्ता खेलाडी छ । सान्ड्रोलाई पिएसजी पठाउन सके मार्सेलोको युभेन्टस् यात्रा सहज हुनेछ ।

रोनाल्डोले पुर्वसहयात्री मार्सेलोलाई मनाउन प्रयास गरिरहेको र युभेन्टसले चाहेको खन्डमा एलेक्स सान्ड्रोलाई बेचेर मार्सेलो भित्र्याउन सक्ने टुटोस्पोर्टस्ले दावी गरेको छ । सान्ड्रोको मुल्य ३६ मिलियन पाउन्ड तोकिएको छ । उनी पिएसजी जान इच्छुक रहेको छन् ।

मार्सेलो र रोनाल्डोले रियलमा ९ वर्ष सहकार्य गर्दा ४ ला लिगा, ४ च्याम्पियन्स लिग, ३ फिफा क्लब वल्डकप, ३ युइएफए सुपरकप र २ कोपा डेल रे जितेका छन् ।