रोनाल्डोलाइ उछिन्दै मोड्रिचले जिते फिफा द बेष्ट अवार्ड

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार फिफा वर्ष खेलाडी (फिफा द बेष्ट) अवार्डको घोषणा गरेको छ र लुका मोड्रिचले त्यस अवार्ड जित्न सफल भएको छ।

इंग्ल्यान्डको लन्डनस्थित रोयल फेस्टिबल हलमा विशेष समारोहकाबीच फिफाले उत्कृष्ट वर्ष खेलाडी घोषणा गरेको थियो ।

फिफाले वर्ष पुरुष खेलाडीसंगै वर्ष प्रशिक्षक, वर्ष महिला खेलाडी र वर्ष महिला प्रशिक्षकको घोषणा गर्‍यो । वर्ष प्रशिक्षकमा फ्रान्सका विश्व कप बिजेता प्रशिक्षक डिडियर दिस्च्याम्पसले जिते।

यस्तै वर्षको उत्कृष्ट गोल पुस्कास अवार्ड लिभरपुलका खेलाडी मोहम्मद सालाहले जिते ।

यसपटक गत वर्षको उपविजेता रहेका बार्सिलोनाका लियोनल मेस्सीले शीर्ष तीनमा अटाउन सकेनन् । मेस्सी १२ बर्षपछि पहिलोपटक शीर्ष तीनमा पर्न असफल भएका हुन् । मेस्सी सन् २००६ बाट लगातार शीर्ष तीनमा पर्दै आएका थिए ।