रोनाल्डोबिना पोर्चुगलको अर्को सहज जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले सहज जित निकालेको छ । आइतबार राति भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले स्कटल्याण्डलाई ३ – १ ले हराएको हो ।

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले स्कटल्याण्डलाई उसैको मैदानमा हराएको हो । पोर्चुगल हाल बिदामा रहेका छन् । तर, रोनाल्डोबिना पोर्चुगललाई जित दिलाउन हेल्डर कोष्टा, इडर र ब्रुमाले एक एक गोल गरे ।

स्कटल्याण्डका स्टेभेन नैस्मिथले एक गोल फर्काए ।
स्कटल्याण्डविरुद्ध पहिलो हाफको ४४ औं मिनेटमा कोष्टाको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता बनाएको थियो । ७३ औं मिनेटमा इडरले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।

खेलको ८४ औं मिनेटमा ब्रुमाले गोल गरेपछि पोर्चुगल ३ – ० ले अघि रह्यो । त्यसपछि खेलको अन्तिम समयमा स्कटल्याण्डका स्टेभेनले एक गोल फर्काएपनि पोर्चुगलले खेल ३ – १ ले आफ्नो बनायो ।