रोनाल्डोबिना पोचुगलको जित

युईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले पोल्याण्डलाई पराजित गरेको छ । बिहिबार राति भएको खेलमा पोर्चुगलले पोल्याण्डलाई ३ – २ ले हराएको हो ।

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिना पोर्चुगलले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । रोनाल्डो हाल आराम गरिरहेका छन् । तर, पोर्चुगलको जितमा आन्द्रे सिल्भा र बर्नार्डो सिल्भाले एक एक गोल गरे । पोर्चुगलले एक गोल आत्मघाती उपहार पाएको थियो ।

पोल्याण्डका कामील ग्लिकले आत्मघाती गोल गर्दा क्रिस्टोफ पेटक, ज्याकब ब्लास्जोस्कोस्की एक एक गोल फर्काए ।
जितसंगै पोर्चुगलले २ खेलबाट ६ अंक जोडेको छ । र, पोर्चुगल लिग ‘ए’ समूह ३ को शीर्ष स्थानमा छ । पोल्याण्ड र इटाली १/१ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ ।

युईएफए नेसन्स लिग अन्तर्गत इजरायलले स्कटल्याण्डलाई २ – १ ले हराएको छ । रुस र स्विडेनले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।