रोनाल्डोबाट धेरै गोलको आशा गर्दै ओले गुन्नार

क्रिस्टियानो रोनाल्डोले क्लबको लागि धेरै गोल गर्ने म्यानचेस्टर युनाइटेडका कोच ओले गुन्नार सोल्सजारको अपेक्षा रहेको छ। युभेन्टसका सुपरस्टार रोनाल्डो आफ्नो पूर्व क्लब युनाइटेडमा फर्केका छन् र क्लबमा हाल उनले कस्तो भूमिका खेल्ने बारे क्लबका कोच ओले गुन्नारले एक अन्तर्वार्तामा बोलेका छन्।

रियल जानु अगाडी युनाइटेडमा रोनाल्डो विंगरको रुपमा खेल्ने गर्थे भने हाल उनको खेल शैली धेरै परिवर्तन भएको छ तर पनि क्लबको लागि उनी एक गोल कर्ता हुने ओले गुन्नारको आशा रहेको छ।

एमयूटीभी सँगको अन्तर्वार्तामा रोनाल्डोको टिममा भूमिका बारे ओले गुन्नारले भने: “क्रिस्टियानो एक खेलाडीको रूपमा धेरै विकसित भएका छन्।

“उनी पहिले वाइड राइट, वाइड लेफ्ट खेल्ने गर्थे, तर मेरो लागि उनी पक्कै पनि सेन्टर फोवार्ड हुने छन्।

“त्यहाँ खेलहरू हुने छ जसमामा अगाडी दुई खेलाडीको साथ खेल्नेछौँ वा तीन अगाडिको साथ खेल्नेछौँ तर म रोनाल्डो बक्समा चाहन्छु, म उनको गोलहरू चाहन्छु।”