रोनाल्डोपछि मार्सेलो कर छली मुद्दामा दोषी ठहर, जेल सजायको फैसला

रियल मड्रिडका ब्राजिलियन लेफ्ट ब्याक मार्सेलो कर छली आरोपमा दोषी ठहर भएका छन् । स्पेनिस मिडियाका अनुसार अब सो मुद्दामा मार्सेलोलाई स्पेनको कर कार्यालयले ७ सात लाख ५३ हजार युरो जरिमाना तोकेको छ । त्यत्ति मात्रै हैन, मार्सेलोलाई ४ महिनाको जेल सजाय पनि फैसला भएको छ ।

मार्सेलोमाथि लागेको कर छलीको मुद्दा हेरिररहेका स्पेनिस कर अधिकारी र मार्सेलोबीच जरिमाना र कैद सजायमा सहमति भएको बताइएको छ । तर, मार्सेलो दोषी ठहर भए पनि उनी जेल भने बस्नुपर्ने छैन । स्पेनिस कानुनअनुसार २ वर्षभन्दा कम जेल सजाय पाएकाले जेल बस्नु पर्दैन ।

पछिल्लो समय स्पेनमा कर छली गर्ने खेलाडीको सूचीमा बार्सिलोनाका लिओनल मेस्सीदेखि क्रिस्टियानो रोनाल्डोसम्म दोषी ठहर भइसकेका छन् ।