रोनाल्डोद्वारा युभेन्टस छाड्ने संकेत

एजेन्सी, विभिन्न रिपोर्टका अनुसार क्रिस्टियानो रोनाल्डोले आफ्नो सहकर्मीहरुलाई युभेन्टस छोड्न चाहेको बताएका छन। रियल म्याड्रिडबाट २०१८ मा युभेन्टस आएको रोनाल्डो क्लब छोड्ने मनशायमा देखिन्छ्न।

पोर्चुगिज स्टारको सम्झौता २०२२ जुनसम्म रहेको छ। यद्यपि, उनी सम्झौता अगावै क्लब छोड्ने संकेट दिएका छन।

मेस्सागेरोका अनुसार रोनाल्डोले आफुले छोड्न चाहेको अन्य युभेन्टसको खेलाडी माझ राखी सकेको जनाएका छन।

पुर्व क्लब म्यान्चेस्टर युनाईटेड र स्पोर्टिङ लेस्बोनसंग उन्को नाम जोडेको छ। रियलले उन्लाइ भित्र्याउन प्रयास नगर्ने भए पछि पुर्व क्लब लिस्बोन र युनाईटेडसंग नाम जोडेको हो।

तीन सिजन युभेन्टसमा बिताउदा सबै प्रतियोगितामा उन्ले १०१ गोल र २२ अस्सिट प्रदान गरेका छन।