फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छोडे पछि हाल युनाइटेड नयाँ स्ट्राइकरको खोजीमा रहेको छ भने उनको विकल्पको रूपमा युनाइटेडले स्पेनिस स्ट्राइकर एलभारो मोरातालाई भित्राउन सक्ने सम्भावना रहेको रिपोर्ट छ।
🚨 Álvaro Morata is a loan option for Manchester United if they want to replace Cristiano Ronaldo in January.
(Source: ESPN) pic.twitter.com/lWikktnVT0
— Transfer News Live (@DeadlineDayLive) December 29, 2022
क्रिस्टियानो रोनाल्डोले युनाइटेड सँगको सम्झौता रद्द गर्ने निर्णय लिए पछि युनाइटेड हाल रोनाल्डोको विकल्पको खोजीमा रहेको छ भने ईएसपीएनका अनुसार युनाइटेडले एट्लेटिको म्याड्रिडका स्ट्राइकर एलभारो मोरातालाई साइन गर्न सक्ने छ।
हाल स्पेनिस क्लब ट्लेटिको म्याड्रिडको खेलाडीको रूपमा रहेका मोराताले गत सिजन इटालियन क्लब युभेन्टसमा बिताएका थिए भने उनी सँग प्रिमियर लिगको पनि अनुभव रहेको छ। २०१७मा उनी रियल म्याड्रिडबाट चेल्सी आएका थिए र उनले चेल्सीको साथ ७२ खेल खेल्दै २४ गोल गरेका छन्।
O Manchester United tem interesse na contratação de Álvaro Morata para substituir Cristiano Ronaldo.
O clube inglês, no entanto, só vai contratar o atacante espanhol se o Atlético de Madrid aceitar um empréstimo.
🗞️ Daily Mail
📸 Richard Heathcote pic.twitter.com/Tza0oeCVzp— FutebolNews (@realfutebolnews) December 28, 2022
रोनाल्डोको विकल्पको खोजीमा रहेको युनाइटेडको योजना डच युवा स्टार कोडी ग्याक्पोलाई भित्राउने रहेको थियो तर उनलाई लिभरपुलले साइन गरे पछि युनाइटेडले आफ्नो योजना परिवर्तन गर्नु परेको छ र एलभारो मोराता माथि युनाइटेडको नजर रहेको रिपोर्ट छ ।
हाल म्यानचेस्टर युनाइटेडको नाम जाओ फेलिक्स, लाउटारो मार्टिनेज, मार्कस थुराम जस्ता खेलाडीहरु सँग जोडिएको छ तर युनाइटेडले हाल सम्म कुनै खेलाडी सँग सम्झौता भने गरेको छैन।