रोनाल्डोको येस्तो जादु, म्यान्चेस्टर युनाइटेड भन्दा युभेन्ट्स अगाडि

सामाजिक संन्जालको फलोअर्समा युभेन्ट्सले म्यानचेस्टर युनाइटेडलाई पछि पारेको छ । गत सिजन क्रिस्टियानो रोनाल्डो युभेन्ट्समा आबद्ध भएयता टोलीलाई फलो गर्ने २० मिलियन भन्दा बढी भएका छन् । पोर्चुगिज सुपर स्टार रोनाल्डो सन् २०१८ को समरमा युभेन्ट्समा आबद्ध भएका थिए ।

रोनाल्डो आबद्ध भएपछि युभेन्ट्सले उनको पूर्व क्लब युनाइटेडलाई पछि पारेको हो । रोनाल्डो पुग्नुअघि इन्स्टाग्राममा युभेन्ट्सलाई फलो गर्नेको संख्या १० मिलियन थियो । रोनाल्डोकै पूर्व क्लब रियल म्याड्रिड इन्स्टाग्राममा सबैभन्दा बढी फलोर्स भएको क्लब हो ।

सर्वाधिक युरोपियन च्याम्पियन रियलको ७७.६ मिलियन फलोअर्स छन् । रोनाल्डोले ९ सिजन रियलमा बिताएका थिए । त्यो क्लबको फलोअर्स ज्यादा हुनुमा रोनाल्डोलाई नै कारण मानिन्छ ।

रोनाल्डोको व्यक्तिगत फलोअर्स संख्या १ सय ३१ मिलियन छ । सामाजिक सन्जालमा सबैभन्दा फलोअर्स भएका खेलाडी रोनाल्डो हुन् ।

युभेन्ट्सको फलोअर्सको संख्या अझै बढ्ने सम्भावना छ । टोलीमा यो सिजन मात्र म्याथिज डी लेट्ज, डानिलो, क्रिस्टियन रोमेरो, लुका पेलाग्रिनी, मिरिह डिमिरल, एड्रिडयन राबिओट, आरोन रामसे र जियानलुजी बुफोन आबद्ध भएका छन् ।
त्यस्तै यो सिजन नै टोली प्रशिक्षक माउरिजियो सारी आबद्ध भए । डच डी लेट्जको ३.८ फलोअर्स र रामसेलका ३.६ फलोअर्स छन् । त्यस्तै बुफोनलाई ८.१ ले पछ्याउछन् ।

बार्सिलोना इन्स्टाग्राममा सर्वाधिक पछ्याइने दोसे क्लब हो । र्बािर्सलोनालाई ७६.४ मिलियन, युभेन्ट्सलाई ३१.१ मिलियन, युनाइटेडलाई ३१ मिलियन र पेरिस सेन्ट जर्मेनलाई २३.८ मिलियनले पछ्याउछन् ।