रोनाल्डोको याद दिलाउने हाल्यान्डको जम्प

बुन्डेसलिगामा बोरुसिया डर्टमन्ड र बायर्न म्युनिखको खेल निकै रोमाञ्चक रहेको थियो। बायर्नले खेल ४-२ले जितेको थियो र दुवै टिमका स्टारले राम्रो प्रदर्शन गरे- रोबर्टो लेवान्डोस्कीले ह्याट्रिक प्राप्त गरे भने एर्लिङ हलायन्ड पनि दुई गोल गरे।

सो खेलमा फ्यानहरूको हलायन्ड माथि धेरै अपेक्षाहरू रहेको थियो, खेलमा ४-२को हार बाबजुद हलायन्डको राम्रो खेल रहेको थियो भने खेलको क्रममा उनले बलको लागि निकै उत्कृष्ट जम्प गरे।

उनको उक्त जम्पले धेरैलाई युभेन्टसका सुपरस्टार रोनाल्डोको याद दिलाउने छ-

रोनाल्डो पनि निकै अविश्वसनीय जम्प र हेडर प्रहार गर्नको लागि प्रसिद्ध छन्। । एर्लिङ हलायन्ड रोनाल्डोको फ्यान रहेको कुरा सबैलाई थाहा छ र आफूले रोनाल्डोको नकल गर्ने गरेको पनि उनले स्वीकार गरेका थिए भने हाल उनको त्यो जम्पको तुलना उनकै आइडल रोनाल्डोको जम्प संग हुँदै गरेको छ।

उनको जम्पको निकै धेरै चर्चा भए भने सामाजिक सञ्जालमा सो जम्पले रोनाल्डोको याद दिलाउने धेरैले दाबी गरे। उक्त खेल भने बायर्नले ४-२ले जितेको छ। पहिलो हाफ २-२ को बराबरीमा सकिएको खेलको ८८ औँ मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै बायर्नलाई ३-२ को अग्रता दिलाए ।

त्यसपछि खेलको ९० औँ मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्दो बायर्नलाई ४-२ को जित दिलाए । जितसँगै बायर्नले लिगमा शीर्ष स्थान यथावत् राख्न सफल भएको छ । बायर्नले २४ खेलमा ५५ अङ्क जोडेको छ ।

बायर्न दोस्रो स्थानको आरबी लाइपजिगभन्दा २ अङ्कले अघि रहेको छ । डर्टमण्ड ३९ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।