हालै रोनाल्डोको एक भिडियो भाइरल हुँदै गएको छ जहाँ उनले ‘फेक हेड पास’ गरेको भनेर फ्यानहरूको विश्वास छ भने उक्त स्किल मुभ रोनाल्डोलेनै आविष्कार गरेको भनेर हाल धेरै चर्चा हुँदै गरेको छ।
Fake headed passes is actually revolutionary pic.twitter.com/wXB5ShkTWa
— Preeti (@MadridPreeti) December 2, 2022
दक्षिण कोरिया विरुद्धको खेल अगाडीको प्रशिक्षणको क्रममा रोनाल्डोले बललाई हेड गरेको जस्तो गरे तर उक्त बल विपरीत दिशामा गएको थियो जुन रोनाल्डोले विपक्षी खेलाडीलाई गलत दिशामा लैजान प्रयोग गर्न सक्ने फ्यानहरूको विश्वास छ भने उक्त भिडियो हाल धेरै भाइरल हुँदै गएको छ।
सो भिडियोमा ३७ वर्षीय सुपरस्टारले आफ्नो घुँडाले बललाई जुगल गरिरहेको देख्न सकिन्छ र त्यस पछि रोनाल्डोले उक्त बललाई ‘फेक हेड पास’ गर्दै आफ्नो टिम-मेटहरूको प्रतिक्रिया हेर्दै हाँसे।
दक्षिण कोरिया विरुद्धको उक्त खेल भने पोर्चुगलले हारेको थियो । खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए तर, खेलको २७औँ मिनेटमा किम योङ जीओनले रोनाल्डोको गल्तीको सदुपयोग गर्दै कोरियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
खेलको इन्जुरी समयमा ह्वाङ हि चानले गोल गर्दै कोरियालाई २-१ को जित दिलाए ।