रोनाल्डोको म्यान्चेस्टर युनाइटेड वाप्सीको सम्भावना बलियो बन्दै

एजेन्सी, इटालियन क्लब युभेन्टसका पोर्चुगिज स्टार खेलाडी क्रीस्टियानो रोनाल्डो आफ्नो पुर्व क्लब म्यान्चेस्टर युनाइटेड फर्कन सक्ने संभावना दिनानुदिन बलियो देखिदै आएको छ। रिपोर्टका अनुसार रोनाल्डो २०२२ सम्म मात्र युभेन्टसमा अनुबन्ध भएता पनि उनी थप समयका लागि अनुबन्ध हुन क्लबसँग कुराकानीमा छैनन्।

युभेन्टस हाल रोनाल्डो र उनका एजेन्ट जर्ज मेन्डेसको आउँदो ट्रान्सफर सिजन क्लब छाड्ने वा नछाड्ने भन्ने निर्णयको पर्खाइमा रहेको बताइएको छ। ३६ वर्षका रोनाल्डो हाल युभेन्टसमा ५१३,००० पाउन्ड पारिश्रमिक लिन्छन्।
रिपोर्टका अनुसार रोनाल्डो युनाइटेडमा फर्के उन्को पारिश्रमिकले युनाइटेडलाई आर्थिक भार हुन सक्ने भएकोले रोनाल्डो कम पारिश्रमिकमा युनाइटेड फर्कन सक्ने सम्भावना पनि रहेको छ। यसका साथसाथै इङलिस युवा स्टार विङर जेडन सान्चो म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध हुने प्रक्रिया अन्तिम चरण्मा रहेको भनिएको छ। यसका कारण युनाइटेडलाई रोनाल्डोको आवश्यकता नरहेको पनि आंकलान गरिएको छ।

रोनाल्डो २००३ देखि २००९ सम्म म्यान्चेस्टर युनाइटेडमा अनुबन्धित थिए जहाँ उन्ले २९२ खेलमा ११८ गोल गर्न सफल भएका थिए। रोनाल्डो सन् २००९ मा ८० मिलियन पाउन्डमा युनाइटेडबाट रियल म्याड्रिडमा अनुबन्ध भएका थिए।