
पोर्चुगल राष्ट्रिय टिमका कोच फर्नान्डो सान्तोसले सुपरस्टार क्रिस्टियानो रोनाल्डोको मुख्य लक्ष्य विश्वकप रहेको दाबी गरेका छन्।
Cristiano Ronaldo will be 37 when the 2022 World Cup arrives 🏆
It’s his ‘big dream’ to win a World Cup with Portugal 🇵🇹
He couldn’t, could he? 🤩 pic.twitter.com/eGS4SjdM1X
— Goal (@goal) March 17, 2021
हाल रोनाल्डोको क्लब भविष्यको बारे धेरै चर्चा हुने गरेको छ र उनले युभेन्टस छोड्न सक्ने हल्लाहरू हुँदै गर्दा पोर्चुगल राष्ट्रिय टिमका कोच फर्नान्डो सान्तोसले सो चर्चाहरू पोर्चुगलको राष्ट्रिय टिमबाट टाढा रहन पर्ने बताए। सो हल्लाहरूको कारण आउँदो २०२२को विश्वकपमा रोनाल्डोको खेलमा असर पर्ने सक्ने उनको विश्वास छ।
“[क्रिस्टियानो] को ठुलो सपना छ, जुन मलाई थाहा छ” पोर्चुगलका कोचले यो महिनाको विश्वकप क्वालिफायरको खेलहरू अगाडि एक प्रेस सम्मेलनमा भने।
Cristiano Ronaldo transfer: Portugal boss hopes 2022 FIFA World Cup dream isn’t disrupted #Portugal #CristianoRonaldo #RealMadrid https://t.co/Dihaqfo2KS
— Republic (@republic) March 18, 2021
“हाम्रो लक्ष्यमा पुग्नु उनको ठुलो सपना हो, जुन विश्वकपमा खेल्ने र यसलाई जित्ने हो।
“त्यो मुख्य लक्ष्य हो, बाँकी हल्लाहरू राष्ट्रिय टोलीबाट टाढा रहनु पर्छ।”
युभेन्टस च्याम्पियन्स लिगबाट नकआउट भए पछि रोनाल्डोले क्लब छोड्ने चर्चा बढेको हो र पोर्चुगल राष्ट्रिय टिमका कोच फर्नान्डो सो हल्लाहरूले राष्ट्रिय टिमको खेलमा असर पर्न सक्ने बारे गम्भीर छन्।