रोनाल्डोको मद्दतमा हालाण्ड भित्राउने म्यानचेस्टर युनाइटेडको योजना

जनवरीको ट्रान्सफर विन्डो खुल्न नजिक रहेको छ डर्टमन्डका युवा स्टार हालाण्डमा धेरै क्लबहरूको नजर रहेको बेला म्यानचेस्टर युनाइटेडले पनि उनलाई साइन गर्न प्रयास गर्ने खबर छ भने आफ्नो सुपरस्टार क्रिस्टियानो रोनाल्डोको मद्दतमा उनलाई क्लबमा भित्राउने युनाइटेडको योजना हुने जानकारी छ।

ओल्ड ट्राफोर्डमा रोनाल्डोको उपस्थितिले युनाइटेडलाई उनको हस्ताक्षर सुरक्षित गर्न मद्दत गर्न सक्छ, हालाण्डले रोनाल्डोलाई आफ्नो आइडल रहेको भनेर दाबी गर्दै आएका छन् र उनी सँग भेट्ने आफ्नो इच्छा रहेको उनले बताएका थिए भने रोनाल्डोको कारण नै आफू फुटबल खेलाडी बनेको उनले दाबी गरेका थिए।

“म उहाँलाई भेट्न र उहाँको कारण म फुटबलर बनेको हु भन्न चाहन्छु,” हालाण्ड ले गत वर्ष बोल्दै भनेका थिए। “मेरो लागि, उहाँ सधैँ एक रोल मोडेल हुनुहुन्थ्यो।”

हालाण्डलाई साइन गर्न धेरै प्रतिस्पर्धा रहेको छ भने उनलाई साइन गर्न युनाइटेडले पूर्ण प्रयास गर्ने जानकारी छ भने युनाइटेडका कोच राल्फ रङ्गनिकले पनि उनलाई आफ्नो प्राथमिकता बनाउने रिपोर्ट छ।

आउँदो ट्रान्सफर विन्डोमा डर्टमन्ड खुल्ला हुने जानकारी रहेको बेला युरोपको धेरै क्लबको नजर उनी माथि रहेको छ। डर्टमन्डको लागि उनले ७४ खेलमा ७६ गोल गरेका छन्।